Logo

हा’र निश्चित हुने भएकाले प्रचण्ड–नेपाल पक्ष निर्वाचनसँग ड’राए : प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले पराजित हुने ड’रले प्रचण्ड–नेपाल पक्ष निर्वाचनबाट तर्सिएको बताउनुभएको छ । नेकपा काठमाडौं महनगर कमिटीद्वारा काठमाडौंमा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हा’र निश्चित हुने भएकाले प्रचण्ड–नेपाल पक्ष निर्वाचनसँग ड’राएको बताउनुभएको हो ।

उहाले अहिले प्रचण्ड–नेपाल पक्ष अ’प्ठेरोमा परेको भन्दै निर्वाचनमा पनि उनीहरुको हालत ख’राव हुने तर्क गर्नुभयो । ओलीले देशलाई सांसद किनबेचको थलो बनाउन खोज्नेलाई जनताले सजाय दिने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सं’कटकाललाई देखाउदै निर्वाचन सार्ने नियोजित हल्ला चलाइएको भन्दै तोकिएको समयमा नै निर्वाचन हुने स्पष्ट पार्नुभयो । आफुलाई प्रचण्डले अध्यक्ष बनाएको भ्रमण फैलाईएको भन्दै ओलीले प्रचण्डलाई प्रधानमन्त्री आफुले बनाएको तर्क गर्नुभयो ।

ओलीले प्रचण्ड–नेपाल पक्षले आफुलाई सरकार र पार्टी सञ्चालनमा अव’रोध गरेको र अहिले सो पक्ष अलग्गीएपछि पार्टी नै शुद्ध भएको उहाले बताउनुभयो । त्यस्तै ओलीले माघ २३ गते देश र जनताका पक्षमा पहिलो चरणको शक्ति प्रदर्शन गर्ने बताउनुभयो । प्रदर्शनमा सहभागी हुन महिला, युवा, शिक्षक सवैलाई उहाले आह्वान पनि गर्नुभयो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्