Logo

सहिद दिवसको अवसर पारेर काठमाडौंको शोभाभगवतीमा ध’र्ना


सहिद दिवसको अवसर पारेर काठमाडौंको शोभाभगवतीमा धर्ना दिइएको छ । ‘सहिदहरुको बलिदानको सम्मान, लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षण र प्रवर्द्धनका लागि’ भन्दै गणेशमान सिंह अध्ययन प्रतिष्ठानले धर्ना कार्यक्रमको आयोजना गरेको हो ।

धर्नामा सहभागीहरुले शोभाभगवतीमा रहेको सहिद दशरथ चन्द र गंगालाल श्रेष्ठको सालिकमा फूलमाला लगाएर श्रद्धाञ्जलि अर्पण गरेका थिए । धर्नामा नेपाली कांग्रेसका नेता–कार्यकर्ता सहभागी थिए ।

धर्नामा कांग्रेसका नेता नवीन्द्रराज जोशीले ओलीको नेतृत्वमा सरकार बनेदेखि नै सहिदहरुको वलिदानबाट उपलब्धिमाथि प्रहार हुन थालेको तर्क गर्नुभयो । त्यस्तै उहाले राज्यको सबै संस्थाहरुमाथि निरन्तर आक्रमण गरेर प्रधानमन्त्री ओलीले राज्य सञ्चालन प्रणाली नै कमजोर बनाएको आरोप लगाउनुभयो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्