Logo

इन्टरनेटको गुणस्तर सेवा प्रवाह गर्न इन्टरनेट सेवा प्रदायक संस्थालाई निर्देशन


सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जनतालाई सन्तुष्ट हुने गरि सेवा प्रवाह गर्न इन्टरनेट सेवा प्रदायक संस्थालाई निर्देशन दिनुभएको छ । बिहीबार सिंहदरबारमा इन्टरनेट सेवा प्रदायकसंगको छलफलका क्रममा मन्त्री गुरुङले इन्टरनेटको गुणस्तरका बारेमा जनताको गुनासो देखिएको भन्दै जनतालाई सन्तुष्ट हुने गरि सेवा प्रवाह गर्न निर्देशन दिनुभएको हो ।

मन्त्री गुरुङले सेवा प्रवाहको गुणस्तरको आवश्यक अनुगमन गर्न दुरसंचार प्राधिकरणलाई पनि निर्देशन दिनुभयो । उहाले सरकार डिजिटल नेपालको फ्रेमवर्कको अभाियनमा अघि बढेको भन्दै यसमा इन्टरनेट सेवा प्रदायकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

त्यस्तै मन्त्री गुरुङले जनताको अधिकतम पहँुचमा इन्टरनेट सेवा पुराउनका लागि निजी क्षेत्रले खेलेको भूमिका सकारात्मक भएपनि यसलाई विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

सूचना तथा प्रविधीको बिकासका लागि आवश्यक पर्ने ऐन, नियम, कानून निर्माणका लागि सरकार प्रतिवद्ध रहेको भन्दै उहाले आगामी बर्षको बजेटमा यस क्षेत्रलाई प्राथमिकतामा राखिने र निजी क्षेत्रको सुझाव अपरिहार्य रहेको जिकिर गर्नुभयो ।

छलफलका क्रममा इन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधिहरुले आफुहरुले भोग्नुपरेको समस्याका बारेमा अवगत गराउदै सुचना प्रविधिको क्षेत्रमा सरकारले चालेको कदमलाई साथ र सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्