Logo

नेवार समुदायमा छ्याला पुन्ही (पूर्णिमा) मनाइदै


भक्तपुरका चोकचोकमा माटाका पुराना भाँडाहरु फुटाएर बिहीबार छ्याला पुन्ही (पूर्णिमा) मनाइएको छ । पर्वमा नगरभरी स्थानीयले बिभिन्न चोकहरुमा माटाका भाडाहरु फुटाइएका थिए । चोकचोकमा स्थानीयवासीले पुराना माटाका भाडाहरु फाल्न लगेका थिए ।

यो पर्व प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमाको दिन मनाइन्छ । यस दिन स्थानीयले नजिकको चोकमा घरमा भएका पुराना काम नलाग्ने चर्किएका माटाका भाडा फुटाल्ने चलन छ । स्थानीकाअनुसार छ्याला पुन्हीको दिन कुनै पनि घरमा भोजको कुनै पनि परिकार पाक्दैन ।

नेवार समुदायमा माटाका भाडा वर्षमा एक पटक फाल्न लाने र एकपटक भित्र्याउने परम्परा अनुसार भाडा फुटाउने गरिएको स्थानीयको भनाई छ । आफुहरुले घरसुद्धिका लागि भाडा फुटाउने गरिएको उनीहरुको भनाई छ ।

स्थानीयका अनुसार पुराना कामै नलाग्ने भाडा घरमा राखिराख्दा अ’शुभ हुने जनविश्वासका साथ वर्षमा एकपटक छ्याला पुन्हीका दिन भाडा चोकमा फालिन्छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्