Logo

प्रचण्ड–नेपाल समूहले सूर्य चिन्हबाट चुनाव ल’ड्न पाउदैन : प्रधानमन्त्री


नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल पक्ष बाहिरिएपछि पार्टीमा उत्साह बढेको बताउनुभएको छ । बिहीबार नेपाल ट्रेड युनिययन महासङ्घ (जिफन्ट)को राष्ट्रिय कार्यकर्ता भेलालाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल पक्ष बाहिरिएपछि पार्टी अनुशासित रुपमा अघि बढेको र उत्साह पनि थपिएको बताउनुभयो ।

उहाँले पार्टी शुद्धीकरणको अभियान अगाडि बढेको र पार्टीभित्र विकृति, अ’राजकता र स्वा’र्थी प्रवृत्तिको किनारा लागेको बताउनुभयो । उहाले नेकपाको प्रचण्ड–नेपाल समूहले सूर्य चिन्हबाट चुनाव लड्न नपाउने दाबी पनि गर्नुभयो ।

उहाँले नेकपा एक विचार, एक मन, एक उद्देश्य, एक धारणाका साथ समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न एकजुट भएर लागेको बताउनुभयो । अबको आ’न्दोलन देशभक्तिपूर्ण र लोकतान्त्रिक हुुनुपर्नेमा जोड दिँदै उहाँले सामाजिक न्यायसहितको समतामूलक समाज निर्माण गर्न कम्युनिष्ट पार्टी मजबुत हुनुपर्ने बताउनुभयो ।

सरकार सुखी नेपाली समृद्ध नेपालीको नारा बोकेर अघि बढेको र त्यसबाट किञ्चित पछि नपर्ने दृढता व्यक्त गर्नुभयो । आफूले बारम्बार योग्यता र क्षमता भएका व्यक्तिलाई कामको जिम्मेवारी दिन खोज्दा भाग खोजेर हैरान पारेको उहाले बताउनुभयो ।

नेपालको परिवर्तनमा मजदूर आ’न्दोलनको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उहाँले सम्पूर्ण श्रमिकलाई एकताबद्ध बनाएर लैजान आग्रह गर्नुभयो । कार्यक्रममा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार तथा जिफन्टका पूर्वअध्यक्ष विष्णुप्रसाद रिमालले पार्टीकै शीर्ष नेताले जहिले पनि सरकारका कामको विरोध गर्दै आएको आरोप लगाउनुभयो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्