Logo

एपीएफ क्लबको लगातार चौंथो जित


साविक विजेता एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा लगातार चौंथो जित निकालेको छ । बिहीबार भएको खेलमा नेपाल पुलिस क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै एपीएफले लगातार चौंथो जित निकालेको हो ।

एपीएफको जितमा सावित्रा भण्डारीले ह्याट्रिक गरिन् । जितसंगै एपीएफले ४ खेलमा १२ अंक जोडेको छ । एपीएफ शीर्ष स्थानमा रहेको छ । पुलिसको यो पहिलो हार हो । पुलिसले ४ खेलमा ५ अंक जोडेको छ ।

त्यस्तै बिहीबार नै भएको अर्को खेलमा स्याङ्जाको वालिङ नगरपालिकाले पहिलो जित निकालेको छ । बिहीबार उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १०–० गोल अन्तरले पराजित गर्दै वालिङले पहिलो जित निकालेको हो ।

वालिङलाई जित दिलाउन विदेशी खेलाडी मिथो रुथले दोहोरो ह्याट्रिक गरिन् । यस्तै सम्झना शर्माले दुई गोल गर्दा मनमाया दमाई र टौटा ओरेनेला नोईलीले एक एक गोल गरिन् । जितसंगै वालिङले ३ खेलमा ५ अंक जोडेको छ । चौदण्डीको यो लगातार तेस्रो हार हो । चौदण्डी अंक विहीन रहेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्