Logo

नर्सहरूमाथि अस्पताल तथा सिनियर कर्मचारीहरूबाट हुने शो’षण तथा अ’त्याचारको अन्त्य हुनुपर्ने भन्दै वि’रोध प्रदर्शन


नर्सहरुले राष्ट्रिय नर्सिङ दिवस वि’रोध प्रदर्शन गर्दै मनाएका छन् । काठमाडौंमा विभिन्न निजी अस्पतालमा काम गर्ने नर्सहरुले सेवा सुविधा वृद्धिको माग गर्दै बुधबार काठमाडौंको माइतिघरमा वि’रोध प्रर्दशन गरेका हुन् ।

नर्सहरुको पारिश्रमिक र सेवा सुविधा निकै कम भएकाले यस बिषयमा सरोकारवालाहरुको ध्यानाकर्षण गराउन वि’रोधका प्रदर्शनका साथ नर्सिङ दिवस मनाइएको उनीहरुले बताएका छन् ।

उनीहरुले नर्सहरूमाथि अस्पताल, तथा सिनियर कर्मचारीहरूबाट हुने शो’षण तथा अ’त्याचारको अन्त्य हुनुपर्ने, सेवा सुविधा बृद्धि हुनुपर्ने जनाएका छन् ।

नर्सिङ अध्ययन गर्न निकै खर्चिलो हुने तर काम गरेको पारिश्रमिक निकै कम हुने गरेकाले यो अवस्था कहिलेसम्म रहने भनेर उनीहरुले प्रश्न गरेका थिए । उनीहरुल नर्सहरुको पि’डा कसले बुझिदिने लगाएतका प्लेकार्ड बोकेका थिए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्