Logo

नेपाल सरकार, प्रदेश र स्थानीय तहबीच प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँट हुने : पार्वत गुरुङ


सरकारले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी र राष्ट्रकवि माधवप्रसाद घिमिरेको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठक निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पार्वत गुरुङले वाङ्गमय शताब्दी पुरुष जोशी र राष्ट्रकवि घिमिरेको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गर्न स्वीकृति दिने निर्णय गरेको जानकारी दिनुभयो ।

त्यस्तै माघ ५ गतेको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यको पदावधि थप गर्ने र नेपाल सरकार, प्रदेश र स्थानीय तहबीच प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँट स्वीकृत गर्ने निर्णय भएको पनि प्रवक्ता गुरुङले जानकारी दिनुभयो ।

त्यस्तै बिभिन्न आ’न्दोलनमा सहभागी, स’हिद परिवार लगाएतको तथ्याङ्क संकलन गर्ने र परिचय पत्र उपलव्ध गराउने निर्णय भएको उहाले बताउनुभयो । त्यस्तै बैज्ञानिक वन व्यवस्थापन कार्यविधि खा’रेज गरिएको उहाले बताउनुभयो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्