Logo

सातै प्रदेशमा चिडियाखाना स्थापना हुनेछ : वनमन्त्री


‘बैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खा’रेज गरिएको छ । बुधबार वनमन्त्री प्रेमबहादुर आलेले सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै उक्त कार्यबिधी खा’रेज भएका जानकारी दिनुभएको हो ।

वनसम्बन्धी उच्चस्तरिय छानविन समितिको प्रतिवेदन अनुसार नै बैज्ञानिक वन व्यवस्थापन कार्यविधि खा’रेज गरिएको उहाले बताउनुभयो । आलेले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खा’रेज गरी दिगो वन व्यवस्थापनमार्फत वनजन्य स्रोतको उपयोग गरिने बताउनुभयो ।

मन्त्रिपरिषद्को यही माघ ११ गतेको बैठकले सो कार्यक्रम खारेज गर्ने मन्त्रालयको प्रस्ताव पारित गरेको जानकारी गराउँदै मन्त्री आलेले उक्त निर्णय एक/दुई दिनमा राजपत्रमा प्रकाशित हुने बताउनुभयो । साथै वैज्ञानिक वनको कार्यक्रम आगामी दिनमा दिगो व्यवस्थापनमार्फत कार्ययोजना बनाएर अघि बढ्ने विषयमा छलफल भइरहेको उहाँको भनाइ थियो ।

मन्त्रिपरिषद्को उक्त निर्णयपछि वैज्ञानिक वन कार्यक्रमबाहेकका सालका काठ, दाउराको कटान, मुछान, बिक्री वितरण र ओसारपसारमा लगाइएको रोकावट प्रक्रिया पु¥याएर खुल्ने उहाँले बताउनुभयो ।

फरक प्रसङ्गमा मन्त्री आलेले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि बजेटको सुनिश्चितता नभई रुख कटान नहुने र आफ्नो मन्त्रालय विकासको बाधकरुपमा समेत नहुने स्पष्ट पार्नुभयो ।

यसैगरी मन्त्रालयले प्रधानमन्त्री जडीबुटी तथा प्रशोधन कार्यक्रम, पशुपति आर्यघाटमा निःशुल्क दाउराको व्यवस्था, जीवजन्तु बृहत् उद्यान बनाउने, महानगरपालिका तथा उपमहानगरपालिकामा हरियाली बगैँचा, सातै प्रदेशमा चिडियाखाना स्थापना घोषणा गर्नेलगायत विषयमा छलफल अघि बढेको उहाँले बताउनुभयो ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्