Logo

सडकमा वि’रोध गरिरहेकालाई बरफ पग्लिएझैँ पखाल्ने छ : प्रधानमन्त्री


 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको मूलधारमा फर्कन नेकपाको अर्काे पक्षलाई आग्रह गर्नुभएको छ । नेकपा निकट आदिवासी जनजाति महासङ्घ नेपालको राष्ट्रिय भेलालाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बे’हाल भएर बस्नुभन्दा पार्टीको मूलधारमा फर्कन प्रचण्ड–नेपाल पक्षलाई आग्रह गर्नुभएको हो ।

उहाले तोकिएको समयमा निर्वाचन गराएर मुलुकलाई स्थिरतातर्फ अगाडि बढाउन सरकार र पार्टी सक्रिय रहेकाले केही पनि नेता–कार्यकर्ताले बाटो बिराउनु नपर्ने उल्लेख गर्नुभयो । अध्यक्ष ओलीले पार्टीको हालको वि’वाद ‘नक्कली’ भएको र आधिकारिक पार्टीको नेतृत्व आफूले गरिरहेको उल्लेख गर्नुभयो ।

आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको निर्वाचनले अहिले सडकमा वि’रोध गरिरहेकालाई ‘बरफ पग्लिएझैँ पखाल्ने’ उहाले जनाउनुभयो । उहाँले ‘द’सा’ लागेका केही पार्टी छाडेर गए पनि कम्युनिष्ट आ’न्दोलन, स्थिरता र समृद्धिको यात्रामा कुनै अत्यावरो’ध नहुने स्पष्ट गर्नुभयो ।

नेकपामा सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापाले ताजा जनादेशका लागि निर्वाचन तोकिएकाले निर्वाचनबाट आफ्नो पार्टीले दुई तिहाइ बहुमत ल्याई स्थिरता दिने बताउनुभयो ।

कार्यक्रममा अध्यक्ष ओलीले पूर्व सांसद जितवीर लामा र राजनीतिकर्मी कमानसिंह लामालाई नेकपामा प्रवेश गराउनुभएको थियो । भेलाले सो महासङ्घलाई पुनःगठन गर्ने जनाइएको छ

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्