Logo

वैशाखमा हुने निर्वाचनका लागी सबैलाई तयारी अवस्थामा रहन आग्रह : अर्थमन्त्री


नेकपाका नेता एंव अर्थमन्त्री विष्णु प्रसाद पौडेलले वैशाखमा हुने निर्वाचनका लागी सबैलाई तयारी अवस्थामा रहन आग्रह गर्नुभएको छ । बुटवल उपमहानगर पालिका ११ स्थित देवी नगर र बुद्धनगर जोड्ने (तिनाउ नदी पुल) को उद्घाटन गर्दै मन्त्री पौडेलले सरकार जनताको सुखदुखमा साझेदारी गर्दै अघि बढेको बताउदै निर्वाचनका लागी तयारी रहन आग्रह गर्नुभएको हो ।

अर्थमन्त्री पौडेलले अबका समयमा सरकारका कामसँगै विकास निर्माणलाई पनि प्रभावकारी ढङ्गले अघि बढाउने जनाउँदै यसमा साथ दिन सबैलाई आग्रह गर्नुभयो । मन्त्री पौडलले नेपाल र नेपालीको प्रमुख समस्याको रुपमा रहेको सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या अब चाडै स्याथी रुपमा नै समाधान गर्ने बताउनुभयो ।

११ करोड ९३ लाख ८४ हजार ७३० कुल लागतमा निर्माण सम्पन्न भएको पुलको निर्माण कार्य विसं २०७२ असार ३० गते शुरु भई २०७६ माघ ५ गते सम्पन्न भएको हो । पुलको लम्बाइ ११० मिटर र चौडाइ ११ मिटर रहेको छ ।

पुल सम्पन्न भएसगैँ बुद्धनगर, रानीगञ्ज, मोतीपुर र सेमला लगायतका क्षेत्रका नागरिकहरुलाई बुटवल आवत जावतमा सहजता भएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्