Logo

राष्ट्रिय महिला लिग फुटबलमा विराटनगरलाई पहिलो जित


राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा मोरङको विराटनगर महानगरपालिकाले पहिलो जित निकालेको छ । बुधबार भएको खेलमा रौतहटको चन्द्रपुर नगरपालिकालाई ५–० गोल अन्तरले पराजित गर्दै विराटनगरले पहिलो जित निकालेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा विराटनगरलाई जित दिलाउन कुसुम खड्काले ह्याट्रिक गरिन् । यस्तै अनु राई र सरिता शेर्पाले एक एक गोल गरिन् । जितसंगै विराटनगरले ३ खेलमा ४ अंक जोडेको छ ।

यस अघि विराटनगरले पहिलो खेलमा वालिङसँग १–१ गोलको बराबरी खेलेको थियो । दोस्रो खेलमा भने विराटनगर एपीएफसँग ७–० ले पराजित भएको थियो । चन्द्रपुरको भने यो दोस्रो हार हो । चन्द्रपुरले ३ खेलमा ३ अंक जोडेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्