Logo

संसद जीवित छ भन्ने सन्देश दिन माइतिघरमा ध’र्ना सुरु


प्रतिनिधिसभा बिघटनबिरुद्ध चरणबद्ध आ’न्दोलन गर्दै आएको नेकपाको प्रचण्ड–माधव पक्षले बुधबारदेखि काठमाडौंको माइतिघरमा ध’र्ना सुरु गरेको छ ।  पूर्व निर्धारित कार्यक्रम अनुसार नेकपा प्रचण्ड–नेपाल समूह माइतीघरमा ध’र्नामा बसेका हुन् ।

असंवैधानिक रुपमा संसद बिघटन गरिएको भन्दै त्यसको विरोधस्वरुत एकसातासम्म धर्नामा बस्ने नेकपा सो पक्षका नेतृ पम्फा भूषालले बताउनुभयो । धर्ना कार्यक्रममा संविधान सभा सदस्य, संघीय सांसद र प्रदेश सभा सदस्यहरु सहभागी छन् ।

संविधानले प्रतिनिधिसभा विघटनको कल्पना नै नगरेको जिकीर गर्दै आएको नेकपाले संसद जीवित छ भन्ने सन्देश दिने उद्देश्यले धर्नाको आयोजना गरेको भूषालले बताउनुभयो । उहाले सर्वोच्चले संविधान अनुसार न्यायोचित निर्णय गर्ने र प्रतिनिधिसभा पुनस्र्थापना हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै उहाले निर्वाचन आयोगले आफ्नो कानून र विवेक प्रयोग गर्न नसकेको बताउनुभयो । प्रधानमन्त्रीको कदमबिरुद्ध आ’न्दोलन गर्दै आएको नेकपा प्रचण्ड–नेपाल पक्षले माघ २८ मा काठमाडौंमा अहिलेसम्मकै बृहत् वि’रोध सभा गर्ने गरि थप कार्यक्रम सार्वजनिक गरेको छ ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्