Logo

कोरोनाबिरुद्धको खोप १८ बर्षभन्दा कम, एलर्जी र गभर्वती भएका व्यक्तिहरुले लगाउन नहुने


प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोपको शुभारम्भ गरेसंगै मुलुकभर खोप कार्यक्रम लगाउन सुरु गरिएको छ । बुधबार बिहान शुक्रराज ट्रपिकल तथा सरुवा रो’ग अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले पहिलो खोप लगाउनुभयो ।

त्यस्तै अस्पतालका डा. अनुप बास्तोला लगाएत अन्य स्वास्थ्यकर्मी, कर्मचारी लगाएतले पनि कोरोनाबिरुद्धको खोप लगाएका छन् । खोप लगाएपछि सरुवा रो’ग अस्पतालका निर्देशक भण्डारीले नेपालमा पहिलो खोप लगाउन पाउदा खुसी लागेको बतायउनुभयो ।

यो इन्फ्लुएन्जा खोप जस्तै भएको भन्दै डराउनुपर्ने कुरा नरहेको उहाले स्पष्ट पार्नुभयो । स्वास्थ्यकर्मी लगायत सबैले उत्साहित भएर खोप लगाउन उहाले आग्रह गर्नुभयो ।कोरोना आएको एकबर्षदेखि नै कोरोना बि’रामीको व्यवस्थापन गर्दै आएको भन्दै उहाले कोरोना खोप भित्रनु नेपालको लागी सुखद बिषय भएको तर्क गर्नुभयो ।

१८ बर्षभन्दा कम, एलर्जी र गभर्वती भएका व्यक्तिहरुले खोप लगाउन नहुने उहाले बताउनुभयो । नेपालमा पहिलोपटक २०७६ माघ ९ गते चीनको वुहान शहरबाट आएका एक विद्यार्थीमा सङ्क्रमण देखिएको थियो । स्वास्थ्य मन्त्रालयले पहिलो चरणको खोप अभियान शुरु गरेको १० दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

यस चरणमा चार लाख ३० हजारलाई खोप प्रदान गरिने छ । खोप फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्तिलाई दिइने छ ।

त्यस्तै महिला स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धााश्रममा रहेका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी तथा कारागारमा रहेका कै’दी र सुरक्षाकर्मीले खोप लगाउन पाउने मनत्रालयले जनाएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्