Logo

प्रचण्ड–नेपाल पक्ष अझै शक्तिका साथ ल’ड्ने


नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटनविरुद्ध अझै शक्तिका साथ लड्ने बताउनुभएको छ । पुराना वामपन्थी नेता खम्बासिंह कुँवरलाई मंगलबार चितवनमा श्र’द्धाञ्जलि अर्पण गर्दै उहाँले लोकतान्त्रिक आ’न्दोलनको घा’तक प्रवृत्तिविरुद्ध अझ शक्तिका साथ लड्ने प्रेरणा कुँवरबाट प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

पार्टी एकताका निम्ति उहाँहरु जस्ता अभिभावकको ठूलो प्रेरणा आफूहरुलाई प्राप्त भएको उहाले बताउनुभयो। अहिले नेपालका कम्युनिष्ट र राजनीतिक आ’न्दोलनमा ऐतिहासिक मोड आएको जनाउँदै उहाँले ग’म्भीर धक्का जस्तो लागेका बेलामा कुँवरको नि’धनमा भएको शो’कलाई शक्तिलाई बदल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विसं १९८४ वैशाख १० गते लमजुङको तत्कालीन थानसिंह बाङ्ग्रे गाविस वडा नम्बर ७ मा जन्मिनुभएका कुँवरको मंगलबार बिहान भरतपुर अस्पतालमा उपचारका क्रममा नि’धन भएको हो । उहाँ हाल भरतपुर महानगरपालिका वडा नं १० मा बस्दै आउनुभएको थियो

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्