Logo

प्रधानमन्त्री ओली पार्टीले टिका लगाएर प्रधानमन्त्री बनेको होईन : शंकर पोखरेल


लुम्बिनी प्रदेशका मुख्यमन्त्री ओली समूहका नेता शंकर पोखरेलले प्रधानमन्त्री हुन रहर गर्नेलाई चुनावमा सहभागी हुन चुनौती दिनुभएको छ । राष्ट्रिय युवा संघ नेपालले मंगलबार बुटवलमा आयोजना गरेको कार्यकता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले पदका लागि नै विवाद देखिएको भन्दै प्रधानमन्त्री हुन रहर भए चूनाव लड्न चूनौती दिनुभएको हो ।

उहाले प्रधानमन्त्री ओली पार्टीले टिका लगाएर प्रधानमन्त्री बनेको नभई जनताबाट अनुमोदित भएर प्रधानमन्त्री बनेकाको समेत बताउनुभयो । अधिवेशन हारेका माधव नेपाल पार्टी फोडेर अध्यक्ष बनेको र बिघटीत संसदीय दलको बैठक बोलाएर प्रचण्ड दलका नेता बन्नु लज्जास्पद भएको उहाले बताउनुभयो ।

पोखरेलले जनताका पक्षमा निर्णय नगर्ने, दलको निर्णय नमान्ने सांसदको कुनै ओचित्य नभएको बताउनुभयो । कार्यक्रममा नेकपा महेश बस्नेतले युवा संघ देशलाई अप्ठारो परेका अवस्थामा खडा हुने भन्दै देशको राष्ट्रियता,सामाजिक संद्भाव आ’क्रमण हुदाँ युवा संघ चुप लागेर बस्न नसक्ने बताउनुभयो ।

उहाले मुलुक अप्ठे’रोमा पर्दा राष्ट्रवादीहरु एक हुनुपर्ने धारणा राख्नुभयो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्