Logo

नेपाली कांग्रेसले आ’न्दोलनका थप कार्यक्रम घोषणा


प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आ’न्दोलनका थप कार्यक्रम घोषणा गरेको छ । मंगलबार केन्द्रीय कार्यालय सानेपामा बनेको कांग्रेस केन्द्रीय समितिको बैठकले आ’न्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

माघको १७ गते शनिबार पार्टी निकट भातृ संस्थाहरुले ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने, माघ २४ गते शुभेच्छुक संस्थाले ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने तय भएको प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिनुभयो ।

त्यस्तै माघ ३० गते जिल्ला कार्यसमितिले जिल्लामा प्रदर्शन गर्ने तय भएको उहाले बताउनुभयो । उहाले केन्द्रबाट तय गरिएको आ’न्दोलनको कार्यक्रमबाहेक अन्य कार्यक्रमहरु पनि पार्टीका जिल्ला तथा भातृ संगठनले गर्न सक्ने उहाले बताउनुभयो ।

प्रतिनिधिसभा बिघटनको विरुद्ध गरिने आ’न्दोलनका बिषयमा पार्टीभित्र कुनै वि’वाद नभएको उहाको भनाई छ । त्यस्तै बैठकले संसद बिघटनको असंवैधानिक निर्णयको विरुद्धमा नागरिकले गरेको शान्तिपूर्ण आ’न्दोलनमा भएको दमन र हस्तक्षेपको निन्दा र भत्र्सना गर्दै घा’इतेहरुको सिघ्रस्वाथ्यलाभको कामना पनि गरेको छ ।

त्यस्तै प्रधानमन्त्रीले पछिल्लो समय आफ्नो मर्यादासंग नसुहादो गरि अभिव्यक्ती दिएको भन्दै यसलाई गम्भीरतापूर्वक दिदै अलोकतान्त्रीक अभिब्यक्ति नदिन पनि ध्यानाकर्षण गराएको छ भने बैठकले महिला संघ, तरुण दल, नेविसंघ लगाएतका भातृसंस्थाहरुको म्याद थप ६ महिना थप गर्ने निर्णय बैठकले गरेको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

बैठकमा प्रतिनिधिसभा बिघटन बिरुद्धको आ’न्दोलनलाई एकजुट भएर अघि बढाउने बिषयमा पनि छलफल भएको थियो । आन्तरिक बिषय, आ’न्दोलनको बिषय र राष्ट्रिय राजनीतिका बिषयमा पनि सर्वस्म्मतिले निर्णय गरेको प्रवक्ता शर्माले दावी गर्नुभयो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्