Logo

सेटिङ गरेर नबस्न ओलीलाई चे’तावनी : माधव कुमार नेपाल


नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालले आफुहरुसंग बहुमत केन्द्रीय सदस्य रहेकाले आफुहरु नै आधिकारीक नेकपा भएको दावी गर्नुभएको छ ।

सोमबार पेरिसडाँडामा सोमबार प्रदेश २ का कार्यकर्ता भेलामा नेता नेपालले एकताका बेलामा दर्ता भएको विधानलाई आयोगले मान्यता दिँदा आफूहरुसँगै बहुमत रहने बताउनुभएको हो ।

उहाले निर्वाचन आयोगले लेखेको पत्रमा ४४१ जनाको केन्द्रीय कमिटी र ४५ जनाको स्थायी कमिटीलाइ मान्यता दिन उल्लेख रहेको र उक्त संख्याको बहुमत आफुहरुसंग रहेको तर्क गर्नुभयो ।

नेता नेपालले सेटिङ गरेर नबस्न ओलीलाई चे’तावनी दिदै सूर्य चिह्‍न पनि आफ्नो पक्षको हुने बताउनुभयो । उहाले भ्र’ष्टचारको मु’द्धा उठाउदा प्रधानमन्त्रीले संसद नै बिघटन गरेको आरोप पनि लगााउनुभयो ।

त्यस्तै नेकपा बरिष्ठ नेता झलनाथ खनालले आफुलाई काम गर्न नदिएर संसद बिघटन गरेको भन्नु तर्कसंगत नरहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले पार्टी र सरकारलाई गलत दिशातर्फ लाने दुष्प्रयास गरेको उहाले बताउनुभयो ।

त्यस्तै उहाले प्रतिनिधिसभा विघटन लोकतन्त्र, संविधान, संघीयता, समावेशिता तथा गणतन्त्रमाथिको प्रहार भएको धारणा राख्नुभयो ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्