Logo

एपीएफले पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबसँग भिड्दै


 

एपीएफ क्लब समूह विजेता बन्दै प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सोमबार त्रिभुवन आर्मी क्लबलाई ६ रनले पराजित गर्दै एपीएफ समूह विजेता बनेर सेमिफाइनलमा पुगेको हो ।

आर्मी भने समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । अब एपीएफले पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबसँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा आर्मीले बागमती प्रदेशसँग खेल्नेछ । एपीएफले दिएको २ सय ४१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३४ रन मात्र बनाउन सक्यो ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ४९ ओभर ४ बलमा अलआउट हुँदै २ सय ४० रन बनाएको थियो । यस्तै नेपाल पुलिस क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मुलपानी क्रिकेट मैदानमा सोमबार प्रदेश २ लाई ४ विकेटले पराजित गर्दै पुलिस समूह ’बी’ उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

प्रदेश२ ले दिएको १ सय ७० रनको लक्ष्य पुलिसले ३८ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश(२ ले ४७ ओभरमा ९ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो । जितसँगै पुलिसले ४ खेलमा ६ अंक जोड्यो । र, पुलिस समूह उपविजेता बन्यो । पुलिसको जितसँगै लुम्बिनी र प्रदेश २ प्रतियोगिताबाट बाहिरिएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्