Logo

तेस्रो जनआ’न्दोलन सुरु : नारायण वाग्ले


नागरिक समाजले गरेको बालुवाटार मार्च प्रहरीले हस्तक्षेप गरेको छ । शान्तिपूर्ण रुपमा कमलपोखरीदेखि बालुवाटारसम्म जाने क्रममा प्रहरीले भाटभटेनी अगाडि पुग्दा हस्तक्षेप गरेको छ ।

प्रहरीले हस्तक्षेप गर्दा केहि प्रदर्शनकारी घा’इते भएका छन् । प्रहरीले ला’ठीचार्ज गरेपछि प्रदर्शनकारीहरुले प्रहरीबिरु’द्ध नै नारा लगाएका थिए । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमको विरोध गर्दै नागरिक अगुवा, कवि, कलाकार, लेखक लगायतका अभियन्ताहरु सोमबारको प्रदर्शनमा सहभागी थिए ।

शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरी प्रशासनले हस्तक्षेप गर्नुका साथै लाठी चार्ज गरेपछि लेखक तथा पत्रकार नारायण वाग्लेले यसलाई ‘तेस्रो जनआन्दोलन सुरु’ भएको संज्ञा दिनुभएको छ । घाइतेको पहिचान गरि उपचार सुरु गरिएको उहाले बताउनुभयो ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्