सबिता राना मगरको ह्याट्रिक सगै चन्द्रपुर नगरपालिकाको पहिलो जित

रौतहटको चन्द्रपुर नगरपालिकाले राष्ट्रिय महिला लिग फुटबलमा पहिलो जित दर्ता गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ७–१ गोल अन्तरले पराजित गर्दै चन्द्रपुरले पहिलो जित निकालेको हो । चन्द्रपुरको जितमा सबिता राना मगरले ह्याट्रिक गरिन् ।
यस्तै रजनी थोकरले दुई गोल गरिन् । दिल कुमारी राना मगर र सुनिता भोलानले एक एक गोल गरिन् । चौदण्डीकी अन्जना थुलुङले एक गोल फर्काईन् ।