Logo

चीन र भारतका सै’निकहरूबीच फेरि झ’ड’प, दर्जनौ घा’ईते


चीन र भारतका सैनिकहरूबीच सीमा क्षेत्रमा फेरि झ’डप भएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार गत साता उत्तरी सिक्किमको नाकु लामा दुई देशका सैनिकहरूबीच झ’डप भएको हो।

झ’डपमा २० चिनियाँ र ४  भारतीय सैनिक घा’इते भएको सैन्य स्रोतलाई उद्धृत गर्दै इन्डिया टुडेले जनाएको छ। चिनियाँ सैनिक भारतीय भूमिमा आउन खोजेपछि भारतीय सेनाले रोकेको भारतीय सञ्चारमाध्यमको दाबी छ।

अहिले झ’डप भएको स्थानमा अवस्था त’नावपूर्ण भए पनि स्थिर रहेको छ। यसअघि  गत असारमा भारत-चीन सीमाको गल्वान उपत्यकामा भएको सैन्य झ’डपमा परी २० जना भारतीय सैनिकको मृ’त्यु भएको थियो।

पछिल्लो समय सीमामा स्थिति नियन्त्रणमा लिन दुबै देशले सैन्य तथा कूटनीतिक स्तरका वार्तालाई जारी राखेका बेला नाकु लाको घटना भएको हो। नाकु लामा झडप भएकोबारे चिनियाँ पक्षले भने कुनै जानकारी दिएको छैन।

भारत र चीनबीच अहिलेसम्म सीमा निर्धारण हुन सकेको छैन। पूर्वको अरूणाञ्चलदेखि पश्चिममा आस्काई चीनसम्म दुई देशले आ-आफ्नो दाबी गरेपछि संसारका दुई विशाल जनसंख्या भएका यी मुलुकको सीमाना विवाद नटुंगिएको हो।

सीमाका विषयमा सन् १९६२ मा यु’द्ध दुई देशबीच यु’द्ध भएको थियो। पछिल्लो समय सीमा क्षेत्रमा जाने सैनिकहरूले ह’तियार नलिने व्यवस्था गरिए पनि बेलाबेलामा दुई देशका सैनिकबीच ठाउँ-ठाउँमा झ’डपका घ’टना भइरहन्छन्।

एजेन्सी,नयाँदिल्ली

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्