Logo

सातौँ नेशनल क्यापिल अवार्ड–२०७७


सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले वर्तमान राजनीतिक अवस्थादेखि नि’रास नहुन आम जनतालाई आग्रह गर्नुभएको छ । क्यापिटल इन्टरटेनमेन्टद्वारा आइतबार काठमाडौंमा आयोजित ‘सातौँ नेशनल क्यापिल अवार्ड–२०७७’ कार्यक्रममा अवार्ड प्रदान गर्दै सरकारका प्रवक्ता रहनुभएका मन्त्री गुरुङले ताजा जनादेशसँगै मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले विश्वव्यापी फैलिएको कोरोना भाइरससँग रहनुपर्नेमा जोड दिँदै त्यसबाट नि’राश नहुन आग्रह गर्नुभयो । मन्त्री गुरुङले नेपाली कला, साहित्य र संस्कृतिले मुलुक निर्माणमा पु¥याएको योगदानको चर्चा गर्दै त्यस क्षेत्रमा योगदान पु¥याउने व्यक्तिलाई सरकारले छिट्टै सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा गीतकार उन्नति शीला बोहरालाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ । त्यसैगरी पत्रकारद्वय दिनेश थापा र शान्तिप्रिय, गीतकार युवराज अधिकारी, भीष्मराज फुलारा, प्रतिमा गुरुङ, मीना सुब्बा, सुरेन्द्र महर्जन, सङ्गीतकार सन्तोष श्रेष्ठ र गायक छिरिङ भुटियालाई सम्मान गरिएको छ । त्यसैगरी ३७ विधामा ४५ सर्वोत्कृष्ट गायकरगायिका, सङ्गीतकार र सर्वोत्कृष्ट मोडललाई अवार्ड प्रदान गरिएको छ ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्