Logo

समयमा चुनाव गराउनको लागि दलभित्रको वि’वाद हल गर्नुपर्छ : डा. अयोधिप्रसाद यादव


पूर्व प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले अदालतमा निर्वाचनको पक्षमा फैसला आएपनि आयोगले समयमा चुनाव गराउनको लागि दलभित्रको वि’वाद हल गर्नुपर्ने बताउनुभएको छ ।

रिपोटर्स क्लब नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उहाले आयोगले नेकपाभित्रको वि’वाद समयमै टुँग्याउनुपर्ने र यसले नै निर्वाचन हुने वा नहुने कुराको निक्र्यौल गर्ने बताउनुभयो ।

आयोगमा पूर्व नेकपा माओवादी केन्द्र र पूर्व नेकपा एमाले संयुक्त भएर एकीकरण भएको बखतमा आयोगमा विधान, नियामावली, केन्द्रीय कार्यसमिति लगायतका महत्वपूर्ण दस्तावेजहरु पेश भएको सुनाउँदै त्यसको आधारमा पनि आयोगले नेकपाको विवाद हल गर्नुपर्ने यादवको भनाई छ ।

आयोगले सर्वप्रथम निर्वाचनको लागि उपयुक्त वातावरण बनाउनुपर्ने पनि सुझाव पनि दिनुभयो । उहाले नेपालमा संकटको अवस्थामा पनि दलहरूले आपसमा सहकार्य र समझदारी गरेर आयोगलाई समयमै निर्वाचन सम्पन्न गर्नको लागि सघाएको ईतिहास रहेको सुनाउनुभयो । राजनीतिक दलहरुको अनुकुल वातावरण भएन भने निर्वाचन गर्न गाह्रो रहेको उहाले बताउनुभयो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्