Logo

महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबको जित


राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले पहिलो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा वालिङ नगरपालिकालाई ७–० गोल अन्तरले पराजित गर्दै आर्मीले पहिलो जित निकालेको हो ।

आर्मीको जितमा विमला चौधरीले ह्याट्रिक गरिन् । यस्तै दिपा राई, शर्मिला थापा, भुजुङ्गा राई र हेमा चौधरीले एक एक गोल गरिन् । जितसंगै आर्मीले २ खेलमा ४ अंक जोडेको छ ।

पहिलो खेलमा आर्मी नेपाल पुलिस क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो । वालिङको यो पहिलो हार हो । पहिलो खेलमा वालिङले विराटनगर महानगरपालिकासँग १–१ गोलको बराबरी खेलेको थियो । वालिङले २ खेलमा १ अंक जोडेको छ ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्