Logo

ए’चआ’ईभी सं’क्रमितको निःशुल्क स्वास्थ्य बिमा


चितवनमा रहेका ३४८ ए’चआ’ईभी सं’क्रमितको निःशुल्क स्वास्थ्य बिमा गरिएको छ । यहाँ रहेका स्थानीय तहसँगको समन्वयमा उनीहरुको स्वास्थ्य बिमा गरिएको हो । एड्स हेल्थ फाउन्डेसनको सक्रियतामा उनीहरुको स्वास्थ्य बिमा गरिएको हो ।

फाउन्डेसन चितवनका प्रमुख कृष्णहरि सापकोटाका अनुसार बिमा गर्नेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका संक्रमित रहेका छन् । स्थानीय तहहरुले नीति तथा कार्यक्रममा राखेर उनीहरुको बिमा गरेका हुन् ।

सं’क्रमित खुलेर आउने वातावरण बनाउनका लागि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए । बिमा गरिएका परिवारमा एकभन्दा बढीसमेत सं’क्रमित रहेको सापकोटाले बताए ।

जिल्लामा अहिले एक हजार ९२६ संक्रमित छन् । तीमध्ये १४७  बालबालिका हुन् । फाउन्डेसनमा दर्ता भएर औषधि सेवन गर्नेमा ४७ बालबालिका, ४७१ महिला र ४५१ पुरुषसहित ९६७ रहेका छन् ।

सन् २०२० मा गरिएको परीक्षणका क्रममा नयाँ ७९ जनामा एड्स संक्रमण भेटिएको छ । थपिएका व्यक्तिमध्ये चार बालबालिका रहेका छन् । आठ हजार ७६२ जनाको परीक्षणका क्रममा सो संख्यामा संक्रमित थपिएको फाउन्डेसनका स्रोत व्यक्ति डा. युवानिधि बसौलाले जानकारी दिए । बसौलाका अनुसार सन् २०२० मा संक्रमितमध्ये १५ को मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा एक कोरोना संक्रमण, चार क्या’न्सर, पाँच क्ष’यरोग र अन्य अत्यधिक मदिरा सेवनका कारण रहेका छन् । रासस

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्