Logo

प्रचण्ड-नेपाल पक्षलाई ओलीले स्पष्टिकरण दिन इन्कार


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल पक्षले स्थायी कमिटी बैठक बोलाएको छ। आज मध्यान्ह १२ बजे स्थायी कमिटी बैठक बस्न लागेको हो।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आइतबार मध्यान्ह १२ बजे पेरिसडाँडामा स्थायी कमिटी बैठक बस्नेछ। श्रेष्ठले शनिबार पदाधिकारीहरू अनौपचारिक रूपमा छलफलमा जुटेको पनि बताए। आज बस्ने स्थायी कमिटीका एजेन्डाबारे उक्त बैठकमा छलफल भएको थियो।

प्रचण्ड-नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टिकरण सोधेको थियो। ओलीले जवाफ भने दिइसकेका छैनन्। प्रचण्ड-नेपाल पक्षले यसअघि ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको थियो। स्पष्टिकरण नदिएमा पार्टीको साधारण सदस्य हटाउने निर्णय स्थायी कमिटीले गर्ने एक नेता बताउँछन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजित छ। कानुनी रूपमा नफुटे पनि ओली र प्रचण्ड-नेपाल गरी दुई समूहले भिन्नभिन्न कार्यक्रम जारी राखेका छन्।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्