Logo

प्रधानमन्त्रीले घोषणा गरे पनि कुनै हालतमा चुनाव हुँदैन -बिडारी


राष्ट्रियसभा सदस्य एवं अधिवक्ता रामनारायण बिडारीले प्रधानमन्त्री ओलीको संसद वि’घटन गर्ने कदम संविधानबिपरीत भएको दाबी गर्नुभएको छ ।
शनिबार रिपोटर्स क्लव नेपालले आयोजना गरेको साक्षात्कारमा उहाले प्रधानमन्त्रीको कदम संविधान वि’रुद्धको काम भएको भन्दै प्रधानमन्त्रीलाई संसद वि’घटन गर्ने संविधानमा कुनै विषेशाधिकार नभएको दावी गर्नुभएको हो ।

प्रधानमन्त्रीले घोषणा गरेपनि कुनैपनि हालतमा चुनाव नहुने समेत उहाले बताउनुभयो । उहाले पदकै कारण संसद बि’घटन गरिएको भन्दै निर्वाचन गर्न प्रधानमन्त्री इच्छुक नै नभएको तर्क गर्नुभयो ।

साक्षात्कारमा अधिवक्ता बिष्णु भट्टराईले संसद विघटनको विषयमा अहिले संवैधानिक इजलासमा बहस जारी रहेकोले यो विचाराधिन मु’द्दामा सार्वजनिक रुपमा टिकाटिप्पणी गर्न नहुने बताउनुभयो ।

उहाले प्रधानमन्त्रीको दल औपचारिक रुपमा बिभाजित नभएको अवस्थामाा विश्वासको मत लिनुपर्ने प्रश्न नै नउठ्ने तर्क गर्नुभयो ।त्यस्तै, कार्यक्रममा वरिष्ठ अधिवक्ता सुनिल पोखरेलले अहिलेको संविधानले प्रधानमन्त्रीलाई संसद वि’घटन गर्ने अधिकार नदिएको बताउनुभयो ।

त्यस्तै अधिवक्ता डा. सुरेन्द्र महतोले संसद वि’घटन गर्ने प्रधानमन्त्रीको कदम गैरसंवैधानिक भएको टिप्पणी गर्दै संविधानको कुनै धारामा पनि संविधान बि’घटनको बिषय उल्लेख नभएको तर्क गर्नुभयो ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्