Logo

ओलीलाई पछार्छु भन्दा प्रचण्ड– नेपाल पक्ष नै सडकमा पछारिए : रायमाझी


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षका स्थायी कमिटी सदस्य तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले पद नपाएका कारण प्रचण्ड पक्ष पार्टीबाट अलग भएको बताउनुभएको छ ।

पाँचथर काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा गरेको भेलामा रायमाझीले लडाइँ विचारका लागि नभएकाले समाधान निकाल्न नसकिएको बताउनुभयो । दुईतिहाइ बहुमतको सरकारको नेतृत्व गरेको पार्टीको आन्तरिक अन्तरविरो’धको कारण संसद् वि’घटन गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको समेत उहाले बताउनुभयो ।

उहाले ओलीलाई पछार्छु भन्दा प्रचण्ड– नेपाल पक्ष नै सडकमा पछारिएको टिप्पणी गर्नुभयो । अहिलेको लडाइँ विकास समृद्धि कि विनास, सत्य कि असत्य, राष्ट्रियता कि राष्ट्रिय हितविरुद्ध उभिने सम्बन्धमा भइरहेको उहाले बताउनुभयो ।

प्रचण्ड–नेपाल पक्षका नेताहरूले लामो समयदेखि आफ्नै पार्टीको सरकारविरुद्ध अविश्वासको प्रस्ताव हाल्न हस्ताक्षर अभियान चलाएकाले बाध्यात्मक रूपमा प्रतिनिधिसभा विघटन गरेर नयाँ निर्वाचनको बाटो रोज्नुपरेको उहाले बताउनुभयो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्