Logo

सप्ताहव्यापीरूपमा श’हीद दिवस मनाउदै


विगतका वर्षमा झैँ यस वर्ष पनि काठमाडौँ महानगरपालिकाले शनिबारदेखि माघ १६ गतेसम्म सप्ताहव्यापीरूपमा श’हीद दिवस मनाउन शुरु गरेको छ ।
कार्यक्रमको पहिलो दिन शनिबार टेकु मचलीस्थित श’हीद शुक्रराज शास्त्रीलाई प्राणद’ण्ड दिइएको स्थानमा श्र’द्धाञ्जलिसभा सम्पन्न गरिएको छ ।

शास्त्रीको श्र’द्धाञ्जलिसभा गरिएको सो स्थानलाई २०३५ सालमा तत्कालीन काठमाडौँ  नगर पञ्चायतले शिलालेख राखी संरक्षण शुरु गरेको हो । शुक्रराजको जन्म १९५० सालमा बनासरमा भएको हो । भारतबाटै प्रारम्भिक शिक्षा शुरु गर्नुभएका शास्त्रीले इलाहवादकै आर्य समाज विद्यालयमा केही समय प्रधानाध्यापकका रुपमा काम गर्नुभएको थियो ।

त्यसपछि नेपाल फर्कनुभएका शास्त्रीलाई उपत्यकामा नजरब’न्दमा राखिएको थियो । शास्त्रीले १९९४ सालमा असनमा आफ्नै अध्यक्षतामा नागरिक अधिकार समिति गठन गर्नुभएको थियो ।

राणाको विरो’ध गरेको आरोप लगाएर शास्त्रीलाई १९९७ साल माघ १० गते टेकु मचलीस्थित खरिबोटमा र धर्मभक्त माथेमालाई सिफल उकालो बकाइनाका रुपमा झु’ण्ड्याएर प्रा’णद’ण्ड दिइएको थियो ।

त्यस्तै गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई शोभा भगवतीमा गो’ली हानेर प्राण द’ण्ड दिइएको थियो । स’हिद दिवसका दिन माघ १६ गते शहीद उद्यान लैनचौरमा पुगेर श्र’द्धाञ्जलिसभा गरिने महानगरले जनाएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्