Logo

ओलीको प्रतिगामी कदमपछि नेकपालाई पुनर्गठनको ठाउँमा पुराएको छ : देवेन्द्र पौडेल


नेकपा प्रचण्ड–नेपाल पक्षका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले ओलीको प्रतिगामी कदमपछि नेकपालाई पुनर्गठनको ठाउँमा पुराएको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा मार्क्सवादी ज्ञान केन्द्रले आयोजना गरेको अन्तरक्रिया तथा कम्युनिष्ट स्कुल लोकार्पण कार्यक्रममा पार्टी एकताका क्रममा भएका कमिकमजोरीहरुलाई सच्याए नेकपालाई नयाँ जीवन दिइने समेत बताउनुभयो ।

जनताको माग एकता तिर रहेको र जनतासँग गरेको बाचा र व्यवहारमा तादम्यता मिलाउन नसकिएको भन्दै उहाले समाजवादी क्रान्तिलाई नयाँ ढंगबाट अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो ।

कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा र्पुयाउन नयाँ पुस्तामा पार्टी नेतृत्व हस्तान्तरण हुनुपर्ने र नयाँ पुस्ताले पनि त्यसको लागि अब संघर्ष गर्नुपर्ने बेला आएको उहाले बताउनुभयो ।

कार्यक्रममा नेकपा स्थायी समिति सदस्य योगेश भट्टराईले नयाँ पार्टी निर्माणको प्रक्रियामा अघि बढेको र संसद बिघटन नयाँ संस्कृति निर्माणको बहस भएको बताउनुभयो ।

संसद पुनस्थापनाको विषयलाई प्रचण्ड र माधवको मुद्दाका रुपमा बुझे देशमाथि ख’तरा आउने उहाको भनाई छ । नेता भट्टराईले केपी ओली समूह अराजतीतिक समूह भएको भन्दै पार्टीको नाममा ओली समूहले राज्यलाई लुटिरहेको धारणा राख्नुभयो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्