Logo

नेपाल एयरलाइन्सले १७ नेपालीको श’व ल्याइए


वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएर विभिन्न कारणले ज्या’न गु’माएका नेपालीहरुको शव काठमाडौं ल्याइएको छ । नेपाल एयरलाइन्सको विमानले शनिबार १७ नेपालीको श’व ल्याइएको हो ।

वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा काम गर्न गएका नेपाली विभिन्न कारणले ज्या’न गु’माएर त्यहाँ अलपत्र अवस्थामा थिए । मृ’तकका परिवारको पी’डालाई बुझेर नाफाभन्दा पनि सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा श’व ल्याएको नेपाल बायुसेवा निगमले जनाएको छ ।

निगमले क्वालालम्पुर गन्तव्यमा न्यारोबडी जहाजले नियमित उडान गर्दै आएको छ । नेपाली कामदारको श’व लिनकै लागि निगमले वाइडबडी जहाज प्रयोग गरेको हो । शनिबार ल्याइएका श’वहरु सम्बन्धीत आफन्तहरुलाइ बुझाइएको छ ।

विदेशबाट ल्याइएका श’व वैदेशिक रोजगार बोर्डले निःशुल्क घरसम्म पु¥याउने गर्दै आएको छ । निगमले दुई वर्षअघि अफगानिस्तानबाट पनि नेपालीको श’व ल्याएको थियो ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्