Logo

पीएम कप पुरुष क्रिकेट अन्तर्गत बागमती प्रदेशको लगातार तेस्रो जित


बागमती प्रदेशले प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ । मुलपानी क्रिकेट मैदानमा  प्रदेश–२ लाई ६ विकेटले प’राजित गर्दै बागमतीले लगातार तेस्रो जित निकालेको हो ।

प्रदेश–२ ले दिएको १ सय ८० रनको लक्ष्य बागमतीले ४८ ओभर २ बलमा ४ विकेट गुमाएर पुरा गर्यो । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश–२ ले ४८ ओभर २ बलमा अलआउट हुँदै १ सय ७९ बनाएको थियो । जितसंगै बागमतीले ३ खेलमा ६ अंक जोडेको छ ।

समूह ’बी’ को बागमती सेमिफाइनल नजिक समेत पुगेको छ । प्रदेश–२ को यो लगातार दोस्रो हार हो । त्यस्तै प्रदेश–१ ले प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सान्त्वना जित हात पारेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शुक्रबार लिग चरणको अन्तिम खेलमा कर्णाली प्रदेशलाई ५९ रनले पराजित गर्दै प्रदेश–१ ले पहिलो जित निकालेको हो । प्रदेश–१ ले दिएको २ सय १६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णाली ३५ ओभरमा अलआउट हुँदै १ सय ५६ रनमा समेटियो ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश–१ ले ५० ओभरमा ९ विकेट गुमाएर २ सय १५ रन बनाएको थियो । जितसंगै समूह ’ए’ को प्रदेश–१ ले ४ खेलमा २ अंक जोड्यो । प्रदेश–१ प्रतियोगिताबाट यस अघि नै बाहिरिसकेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्