Logo

प्रतिनिधिसभा पुनःस्थापनाको व्यवस्था संविधानमा नभएकाले अ’दालतलाई नध’म्क्याउन चे’तावनी


प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापनाको व्यवस्था संविधानमा नभएकाले अ’दालतलाई नध’म्क्याउन चे’तावनी दिनुभएको छ ।

शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पेशागत विशेष जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाइ सम्बोधन गर्दे ओलीले केहि व्यक्तिहरुले अ’दालतलाई ध’म्काउने काम गरेको भन्दै े अदालतलाई नध’म्क्याउन चे’तावनी दिनुभएको हो ।

उहाले आगामी वैशाखका लागि तोकिएको निर्वाचनलाई एक आ’न्दोलनका रुपमा लिइने तर्क गर्नुभयो । उहाँले पार्टी र सरकारलाई कमजोर धरातलको संयुक्त मोर्चा जस्तो स्थितिमा पु¥याउनेहरु आफैँ पार्टी छाडेर गएको जनाउँदै अब शुद्धीकरण र देशव्यापी अभियानका साथ परिचालित हुने बताउनुभयो ।

आफ्नो नेतृत्वको सरकारले भारतले मिचेको भूमिलाई नेपालको नक्शामा समेटेपछि अरुको पार्टीभित्रैबाट सरकारको विरोधमा खेल शुरु भएको उहाले आरोप लगाउनुभयो ।

ओलीले नेकपाकै प्रचण्ड–नेपाल पक्षले गरेको जनसभालाई सामान्य भएको टिप्पणी गर्दै साँघुरा गल्लीमा मान्छे भर्दैमा आमसभा भन्न नमिल्ने तर्क गर्नुभयो । ओलीले माघ २३ गते विशाल जनप्र’दर्शन गर्ने र त्यो आजको आमसभा भन्दा ठूलो हुने दाबी गर्नुभयो । अधिकांश समय प्रचण्ड–नेपालको बि’रोधमा उत्रनुभएका ओलीले मुलुकलाई अन्धकारतर्फ ढकेल्ने प्रयास सफल हुन नदिने बताउनुभयो ।

कार्यक्रममा नेकपामा स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले प्रतिनिधिसभा विघटन न्यायोजित र आवश्यक भएकाले यसका वि’रुद्ध आन्दोलन गर्नुको औचित्य नभएको बताउनुभयो । कमिटीका सचिव समीर नेपालले नेकपाले यही माघ २३ गते काठमाडौँमा जनसभाको आयोजना गर्ने जानकारी दिनुभयो ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्