Logo

प्रधानमन्त्री ओलीसँग अब साईबर स्या’लहरु मात्र बाँकी छन : भुसाल


नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीले शान्ति प्रक्रिया र संघीय व्यवस्था नै विघटन गर्न खोजेको आरोप लगाउनुभएको छ । शुक्रबार काठमाडौंमा नेकपा प्रचण्ड–नेपाल पक्षले आयोजना गरेको वि’रोध सभालाई सम्बोधन गर्दै प्रचण्डले प्रतिनिधि सभा मात्र नभई ओलीले शान्ति प्रक्रिया र संघीय व्यवस्था नै विघटन गर्न खोजेको आरोप लगाउनुभएको हो ।

उहाले संविधान र जनतावि’रोधी कदमलाई जनसागरले पराजित गर्ने बताउनुभयो । अहिले ६२–६३ को जनआ’न्दोलनमा जस्तै फेरि एकपटक नागरिक समाज, पेशाकर्मी, मिडिया र वुद्धिजीवि वर्गले प्रतिनिधि सभा बिघटन गर्ने ओलीको असंवैधानिक कदमको वि’रोध गरेको तर्क गर्नुभयो । अध्यक्ष प्रचण्डले ओलीको ष’ड्यन्त्रकारी सेटिङ भत्काएर जनताको सेटिङ खडा हुने बताउँदै जनताको सेटिङलाई कसैले सिध्याउन नसक्ने धारणा पनि राख्नुभयो ।

उहाले सर्वोच्च अदालत र निर्वाचन आयोगलाई नागरिक भावना र मतको सम्मान गर्न आग्रह गर्नुभयो । वाम गठबन्धनको घोषणाअनुसार काम गर्न नसकेको स्वीकार्दै प्रचण्डले प्रधानमन्त्री पदका लागि जे पनि सहमति गर्ने तर कार्यान्वयन नगर्ने ओली प्रवृत्ति रहेको जिकिर गर्नुभयो । त्यस्तै उहाले ओली प्रवृत्तिका कारण संघीय लोकतान्त्रिक गणतन्त्र ख’तरामा परेको उल्लेख गर्नुभयो ।

वि’रोध सभामा नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालले ओलीले असंवैधानिक तबरले कदम चालेकाले उनीहरुसँग मिलेर जाने अवस्था नरहेको बताउनुभयो । अध्यक्ष नेपालले ओलीलाई पार्टी सदस्यबाट निस्कासन गर्ने प्रक्रिया अगाडि बढिसकेको जानकारी दिनुभयो ।

अध्यक्ष नेपालले ओलीले ५० वर्षसम्म दुः’ख मात्रै दिएको भन्दै साईबर सेना र अरिङ्गालमात्रै मन पर्ने जिकिर गर्नुभयो । त्यस्तै सभालाई सम्बोधन गर्दै बरिष्ठ नेता झलनाथ खनालले संविधान जोगाउन प्रतिनिधि सभा पुनःस्थापना बाहेकको बाटो नभएको बताउनुभयो ।

त्यस्तै प्रचण्ड–नेपाल पक्षका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग अब साईबर स्यालहरु मात्र बाँकी रहेको टिप्पणी गर्नुभयो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्