Logo

पुस महिनाको उत्कृष्ट प्रहरी प्रहरी हवलदार राई


सोलुखुम्बु :  जिल्ला प्रहरी कार्यालाय सोलुखुम्बुमा कार्यरत प्रहरी हवलदार चण्डीमान राई पुस महिनाको उत्कृष्ट प्रहरी बन्नुभएको छ ।

पाँचथर दर्वन्दि भई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा कार्यरत राईले सादा पोषाकमा रहि विभिन्न सूचना संकलनमा उत्कृष्ट कार्य गरि शान्ति सुरक्षा कायम गर्न महत्वपुर्ण भूमिका खेलेकाले उत्कृष्ट घोषित गरिएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

उहाँको स्थायी ठेगाना सोलुखुम्बुको सोताङ गाउँपालिका हो । प्रहरी राईले सोलु एफ.एम.संग कुरागर्दै यस्ता सम्मानले काम गर्न थप हौसला मिल्ने बताउँनुभयो ।

उहाँ यस अघि २०६७ सालमा प्रहरी प्रधान कार्यालयबाट र २०७६ पनि जिल्ला प्रहरी कार्यालय मोरङमा रहँदा पनि उत्कृष्ट प्रहरी बन्न भएको थियो ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्