चौदण्डीगढी नगरपालिकालाई ६–० गोल अन्तरले पराजित गर्दै पुलिसले पहिलो जित

राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लबले पहिलो जित निकालेको छ । शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ६–० गोल अन्तरले पराजित गर्दै पुलिसले पहिलो जित निकालेको हो ।
पुलिसको जितमा रेखा पौडेल र सिर्जना खड्काले २–२ गोल गरिन् भने अमृता जैशी र निर्मला बिकले एक एक गोल गरिन् । डबल राउण्ड रोबिनको आधारमा खेलाइएको महिला लिगमा ७ टोलीको सहभागीता रहेको छ ।
प्रतियोगितोको विजेता टोलीले १५ लाख प्राप्त गर्नेछन् भने दोस्रोले ८, तेस्रोले ५, तथा चौथो टोलीले ३ लाख प्राप्त गर्ने एन्फाले जनाएको छ । यस्तै प्रतियोगिताको सर्बाेत्कृष्ट खेलाडीले एक थान स्कुटर प्राप्त गर्दा विधागत उत्कृष्ट खेलाडीले जनही ५० हजार प्राप्त गर्नेछन् ।