Logo

एकाएक कता हराए महान्यायाधिवक्ता अग्नि खरेल ?


प्रतिनिधिसभा विघटन मु’द्दाको सुनुवाइ सुरु हुनासाथ अधिवक्ता उभिए। बहस गर्ने ठाउँको दायाँपट्टी बसेर बहस सुनिरहने महान्याधिवक्ता अग्नि खरेल बिहीबार चिया ब्रेकपछि एकाएक हराए ।

चिया ब्रेकपछि जारी सनुवाइमा न्यायाधीश अनिलकुमार सिन्हाले ‘खोइ महान्यायाधीवक्ताज्यू ? भनेर सोध्दा उनी त्यहाँ थिएनन् । उनको साटो नायव महान्यायाधीवक्ता पदम प्रसाद पाण्डेय उभिएर उपस्थिति जनाए ।

महान्यायाधीवक्ता सुनुवाइ छाडेर हिड्नुअघि सर्वोच्च अदालतमा बहसका दौरान अधिवक्ता टीकाराम भट्टराईले ‘प्रतिनिधिसभा विघटनको सूचना राजपत्रमा प्रकाशित भएको खोइ ? भनी प्रश्न गरेका थिए । प्रतिनिधिसभा विघटन भएको महिना दिनभन्दा बढी समयबित्दासमेत सरकारले राजपत्रमा त्यसको सूचना निकाल्न भुलेको थियो ।

प्रतिनिधिसभा विघटन भएको सूचना प्रधानमन्त्री कार्यालयले कानुन मन्त्रालय हुँदै मुद्रण विभागमा पठाएर राजपत्रमा सूचना निकाल्नुपर्ने हो तर सो सूचना राजपत्रमा नै नछापिएपछि सरकारी निकायहरुमा खैलाबैला मच्चिएको हो ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्