Logo

देश अ’ध्यारो सुरुङ्ग तिर फ’स्न लागेका कारण सबै पार्टीहरु सयुक्त रुपमा आ’न्दोलनमा जानुपर्छ : चित्र बहादुर केसी


राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्र बहादुर केसीले देश अ’ध्यारो सुरुङ्ग तिर फस्न लागेका कारण देशलाइ बचाउन अब सबै पार्टीहरु सयुक्त रुपमा आ’न्दोलनमा जानुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय जनमोर्चा जिल्ला समिति रुपन्देहीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै केसीेले नीति स्वार्थको लागी नेपालमा राजनीतिक पार्टी भित्रबाट पटक पटक नेपाली जनताहरुले धो’का पाइरहेको स्मरण गर्दै अब त्यसबाट उम्कन सबै पार्टीहरु संयुक्त मोर्चा नबनी सम्भव नभएको भन्दै सबै एकजुट भएर सं’घर्षमा आउनुपर्ने बताउनुभएको हो ।

केसीले केही व्यक्तिहरु,केही दलहरु राष्ट्र र जनताको स्वार्थभन्दा सत्ताधारीहरुको द’लाली गरेर आफ्नो फाइदा उठाउन लागी परेको बताउनुभयो । कार्यक्रममा केसीले ३० वर्षे पंचायत देखी राजा फाल्न समेत सबै पार्टीहरु एक ढिक्का भएर नलागेसम्म सम्भव नभएको भन्दै अब संसद पुनःस्थापनाको लागी सबै एक ठाउमा आएर आ’न्दोलनमा जानुपर्नेमा जोड दिनुभयो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्