Logo

प्रतिनिधिसभा बि’घटनको कदम खा’रेज नभएसम्म सं’घर्षका कार्यक्रमलाई शस’क्त बनाउने


नेकपा प्रचण्ड–नेपाल पक्षले प्रतिनिधिसभा बिघटनको कदम खारेज नभएसम्म संघर्षका कार्यक्रमलाई शसक्त बनाएर अघि बढ्ने जनाएको छ । नेकपा आ’न्दोलनको केन्द्रीय संघर्षले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै असंवैधानिक कदम खारेज र प्रतिनिधिसभा सूचारु नभएसम्म शसक्त आ’न्दोलन जारी राख्ने जनाएको हो ।

पत्रकार सम्मेलनमा समितिका संयोजक नारायणकाजी श्रेष्ठले संघर्षका कार्यक्रमहरुलाई निष्तेज नपार्दास्म्म आ’न्दोलन जारी राख्ने बताउनुभयो । संविधान कार्यान्वयनको बाटोमा अघि बढिरहेका बेला यसलाई ख’तरामा पार्ने काम भएकाले आन्दोलनको उपलव्धीलाई रक्षा गर्न पनि संघर्षको बिकल्प नभएको उहाले बताउनुभयो ।

उहाले शुक्रबार काठमाडौंका बिभिन्न्न स्थानबाट र्याली सहितको प्रदर्शन हुने जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा संघर्ष समितिका सह–संयोजक योगेश भट्टराईले शुक्रबारको कार्यक्रमबारे जानकारी गराउनुभएको थियो जसअनुसार काठमाडौं उपत्यकामा नौ स्थानबाट वि’रोध र्याली निस्कँदैछन् ।

जुलुसको नेतृत्व स्थायी कमिटी नेताहरुले गर्नेछन् भने जुलुस रत्नपार्कमा आएर जम्मा हुनेछ । त्यसपछि मूल जुलुस रत्नपार्क, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, सहीदगेट, एनएसी, भोटाहिटी, रत्नपार्क, विद्युत प्राधिकरण हुँदै कोणसभामा परिणत हुने समितिले जनाएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्