Logo

चिन्ले गर्‍यो ट्रम्प कार्यकालका २८ अमेरिकी रा’जनीतिज्ञलाई प्र’तिब’न्ध


बेइजिङ– चीनले संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएसँगै डोनाल्ड ट्रम्पको कार्यकालमा अमेरिकाका विदेशमन्त्री रहेका माइक पम्पिओसहित २८ अमेरिकी राजनीतिज्ञलाई प्रतिब’न्ध लगाएको छ ।

ट्रम्प राष्ट्रपति पदबाट बिदा भएको केही घण्टामै चिनियाँ विदेश मन्त्रालयले चिन वि’रोधि अमेरिकी राजनीतिज्ञहरुलाई प्रतिब’न्ध लगाएको थियो । पम्पिओले उइगर मुसलमानका विषयमा चीनविरुद्ध ग’म्भीर आरोप लगाएको र चीनवि’रोधी गतिविधि गर्ने, राजनीतिक स्वार्थ र पूर्वाग्रहका कारण चीनविरूद्ध घृ’णा फैलाएको आरोप लगाउँदै २८ जनालाई प्रतिब’न्ध लगाइएको घोषणा गरेको हो ।

चीनको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,”चीन सरकार चीनको सम्प्रभुता, सुरक्षा र विकासका लागि प्रतिबद्ध छ। चीनले निर्णय गरेको छ कि त्यस्ता २८ जनाविरुद्ध प्रतिब’न्ध लगाइएको छ जसले चीनको सम्प्रभुताको गम्भीर उल्लंघ’न गरेका छन् र यसमा मुख्य रूपमा अमेरिका जिम्मेवार छ ।”

चीन सरकारले आफ्नो मुलुक प्रवेशमा प्रतिबन्ध लगाइएका केही अमेरिकीको नामसमेत सार्वजनिक गरेको छ । सार्वजनिक भएका नामहरुमा माइकल आर पम्पिओ, पिटर के नेवेरो, रबर्ट सी ओब्रायन, डेविड आर स्टिलवेल, म्याथ्यु पटिङ्गर, एलेक्स एम अजर, किथ जे क्रेच, केली डिके क्राफ्ट ट्रम्प प्रशासनमा रहेका जन बल्टन र स्टिफन बेनन रहेका छन् ।

एजेन्सी

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्