प्रदेश नं १ को सातौँ तथा हिउँदे अधिवेशन स्थगित

प्रदेश नं १ को प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशन अर्को सूचना जारी नभएसम्म स्थगित भएको छ । बुधबार अपरान्ह बसेको बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले सदस्यहरुलाई स्वागत गर्नुभएको थियो ।
बैठकमा सभामुख भण्डारीले प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’बाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो । त्यस लगतै सभामुखले स्थगित भएको सूचना सभामा सुनाउनुभएको थियो ।