Logo

प्रधानमन्त्रीको रा’जीनामा माग गर्दै मोटरसाइकल र्याली


संसद बिघटनको विरुद्धमा नेकपा प्रचण्ड–नेपाल पक्षले काठमाडौंमा बृहत मोटरसाइकल र्याली निकालेको छ । संसद बिघटन विरुद्ध माघ ९ गते काठमाडौँमा गर्ने जनप्रदर्श’न अघि सो पक्षले बुधबार काठमाडौंमा बृहत मोटरसाइकल र्याली निकालको हो ।

भृकुटीमण्डपबाट सुरु भएको मोटरसाइकल र्याली थापाथली, कुपण्डोल, जावलाखेल, लगनखेल, सातदोवाटो हुँदै तीनकुनेमा पुगेर समापन भएको थियो । नेकपाको झण्डा र सूर्य चूनावचिन्हसहित र्यालीमा सहभागी भएकाहरुले संसद बिघटन विरुद्ध नारा लगाएका थिए ।

साथै उनीहरुले असंवैधानिक कदम चालको भन्दै प्रधानमन्त्रीको राजीनामा माग समेत गरेका छन् । संसद बिघटन विरुद्ध नेकपाले माघ ९ गते काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने तय गरेको छ । र्याली केन्द्रीय संघर्ष समितिको आह्वानमा निकालिएको हो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्