Logo

ओलीले गुटमात्र चलाइरहेको छ : माधव नेपाल


केपी ओलिले मुलुकलाई ठूलो सं’कटमा पुराउने कोसिस भएको भन्दै यसलाई रोक्नुपर्ने नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताउनुभएको छ ।

बुधबार काठमाडौंमा आदिवासी जनजाति महासंघ नेपालको राष्ट्रिय भेलालाई संवोधन गर्दै प्रचण्डले संविधानलाई बेवास्ता गर्दै संसद बिघटन गर्ने र मुलुकलाई ठूलो सं’कटमा पुराउने कोसिस भएकाले यसलाई जनताले नै रोक्नुपर्ने बताउनुभएको हो ।

उहाले अहिलेको संवैधानिक निकायलाई सहजीकरण गर्न जनताको अदालतमा जाने धारणा राख्नुभयो । आफ्नै पार्टीको नेताले संविधानको मर्म र भावनालाइ कु’ल्चने अवस्था आउनु दु’र्भाग्य भएको उहाको भनाई छ । अध्यक्ष प्रचण्डले पार्टीभित्र देखिएको ता’नाशाही प्रवृत्तिविरुद्ध धैर्यतापूर्वक र दृढतापूर्वक प्रतिकारमा उत्रन आह्वान पनि गर्नुभयो ।

त्यस्तै नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालले आफुहरु नै मुल पार्टी भएको भन्दै ओलीले गुटमात्र चलाइरहेको आरोप लगाउनुभयो । कार्यक्रमका अन्य सहभागीहरुले संविधानको रक्षा गर्दै आदिवासी लगाएतको अधिकार स्थापीत गर्न एकताबद्ध भएर लाग्नुपर्ने धारणा राखेका थिए ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्