अन्तर-पार्टी संघर्ष, सैद्धान्तिक विधिमा हल गरौ – राजन तिमल्सिना
राजन तिमल्सिना
विश्वका हरेक बस्तु, घटना र प्रक्रियाको विकास वा विनाशको प्रमुख कारण त्यसभित्र रहेको आन्तरिक अन्तरवि’रोध नै प्रधान हुने गर्छ । मालेमावादी पार्टीको विकासको आधारभूत र प्रमुख कारण पनि भित्री पार्टी सं’घर्ष नै हुन्छ । भित्री पार्टी सं’घर्षका अनेकौं जटिल चरणहरु पार गरेर नै क्रा’न्तिकारी पार्टीले क्रमशः परिपक्वता हासिल गर्न सक्छ। हाम्रो पार्टी ठीक यहीँ प्रक्रियाबाट विकसित हुने चरणतिर अग्रसर भैरहेको छ ।
कहिलेकाही पार्टीको अन्तर-पार्टी सं’घर्ष ठीकसंग संचालनका नहुदा भित्री पार्टी सं’घर्षका आधारभूत नियमहरु उलंघन हुन पुग्छन् । यस्ता नियमको सामान्य समझदारी नहुदा पार्टीभित्र फूट तथा विभाजनका गंभीर ख’तराहरु पैदा हुन्छन । विश्व कम्युनिस्ट आन्दोलन तथा नेपाली कम्युनिस्ट आ’न्दोलनमा यस्ता परिघटनाहरु बारम्बार दोहोरिने घटनाक्रम हुन । नेपालको कम्युनिस्ट आ’न्दोलनभित्र बितेका बर्षहरुमा ठूल्ठूला वादवि’वाद फू’ट र बिभाजनका श्रृङखला यसैको परिणति हो ।
विगत इतिहासको समिक्षा गर्दै पार्टीभित्र देखिने गंभीर तथा असामान्यस्थितको निरुपण गर्न सबै क्रान्तिकारीहरुले पार्टी, क्रान्ति, परिवर्तन र जनआकंक्षालाई केन्द्रमा राखेर सोच्नु जरुरी छ । पार्टीभित्रका आन्तरिक अन्तरवि’रोध पार्टी पंक्ति बाहिर लाने र परिस्थितिलाई झनै उतेजित बनाउन लाग्नु पार्टी आनुशासन र गोपनीयता उ’लंघनका गंभीर त्रुटी हुन ।
पार्टीभित्र सामान्य वि’वाद र अन्तरवि’रोध शुरु हुने वित्तिकै फूट हुनु नेपाली कम्युनिस्ट आ’न्दोलनको नियति नै भैसकेको छ । यस्ता फूट-विभाजनबाट अवसरवदी, प्रतिक्रियावदी र संशोधनवादी कित्तामा खुसी र हर्ष पैदा हुने गर्छ। के हामीले श्रमजीवी जनतालाई खुसी पार्ने कि प्रतिक्रियावादी कित्तालाई खुसी पार्ने भन्ने कुरा सोचनीय विषय बन्न सक्दैन ?
हाम्रो पार्टी नेपाली कम्युनिस्ट आ’न्दोलनको महान एकता र महाध्रुवीकरणको उद्घोष गर्दै पुनर्गठित पार्टी हो । पार्टीले कठोर वैचारिक सं’घर्षका क्रममा कम्युनिस्ट क्रा’न्तिकारीवीच सिद्धान्तनिष्ठ एकताको झण्डा उठाउदै महान जनविद्रोहको माध्यमद्वारा समाजवादी क्रान्ति सम्पन्न गर्ने युगीन संकल्प बोकेको छ ।
आ’न्दोलनको क्रममा हजारौं सहिदहरुको असंख्य त्याग र उच्च बलिदानको उर्जाले प्रज्वलित पार्टी पंक्तिले एकताको मर्म र क्रा’न्तिकारी कार्यभारलाई कदापि भुल्नु सक्दैनन् । फलस्वरूप हाम्रो पार्टीले सिंगो कम्युनिस्ट आ’न्दोलनमा रहेको फूट र बिभाजनका गंभीर नकारात्मक प्रवृत्तिबाट शिक्षा लिदै आवसरवादी र प्रतिक्रियावादी षड्यन्त्रलाई सेवोटेज गर्दै अघि बढ्ने संकल्प लिनु पर्छ ।
नयाँ आधारमा नयाँ एकताको उर्जा थप्दै सबै फूटपरस्त प्रवृत्तिसंग लड्न मालेमाको वैचारिक अस्त्र मात्रै अन्तिम विकल्प हुन सक्छ । पार्टीभित्र हुर्कने नवट्राटस्कीपन्थी पु’च्छरवाद र लिनप्याओवादका वि’रुद्ध संघर्ष नगरी मालेमावादको रक्षा हुन सक्दैन । यो धरातलीय यथार्थविना कुनै पनि जनपक्षीय सोचले मात्रै पनि क्रान्तिको यात्रामा टेवा दिन सक्दैन । इतिहासले हामीसंग एकताबद्ध र एकीकृत मार्गदर्शनको माग गरिरहेको छ । स्वोआलोचना र आलोचनाको माध्यमद्वारा पार्टीलाई एकतावद्ध बनाई जनव्यापी पार्टी निर्माण गर्ने कार्यभार हाम्रो काँधमा आएको छ ।
हामीले असंख्य बाधा, कठिनाइ र अवरोधसंग निरन्तर जुधेरमात्रै क्रा’न्तिकारी अग्रगती लिन सक्छौ । आज हाम्रो पार्टीले वैचारिक र संगठनात्मक फाँटमा अनेकौं समस्या र तगाराहरुको समना गरिरहेका छ । जबसम्म यस्ता अवरोधलाई पन्छाउन सकिदैन तबसम्म पार्टीलाई जीवन्त बनाउन सकिदैन । पार्टीको आन्तरिक जीवनलाई गतिशील बनाउन वैचारिक क्षेत्रमा रहेको अस्पष्टतालाई उच्चस्तरीय स्कूलीङद्वारा रुपान्तरण गर्नु पर्छ ।
पार्टीभित्र मौलाउदै गएको निम्नपुँजीवादी र शून्यवादी चिन्तन प्रवृत्ति विरुद्ध निर्मम हमला नगरी क्रान्तिकारी विचार र कार्यदीशाको रक्षा गर्न सकिदैन । वैचारिक, राजनीतिक, संगठनात्मक र सास्कृतिक रूपले समृद्ध गर्दै एकतावद्ध र सुदृढ पार्टीले मात्रै जनआधारित श्रमजीवीवर्गको नेतृत्व गर्न सक्छ ।
पार्टीभित्र घूसपैठ भएका निम्नपुँजीवादी र अवसरवादी अराजक तत्वहरूले पार्टी एकता र सर्वहारा दायित्व भूलेर नेतृत्व र वर्गप्रति घात गर्ने सिलसिला दोहोरिएको छ । सर्वहारा वर्गीय विचारबाट विचलित भएका निवर्गीय अवसरवादका विरुद्ध उनीहरुलाई विचार र विवेकद्वारा परस्त नगरी कम्युनिस्ट आन्दोलनलाई सही दिशा दिन सकिदैन ।
अन्तर-पार्टी सं’घर्ष पार्टीको स्वच्छता र स्वाधीनताको रक्षा गर्न, सर्वहारावर्गका उच्चतम हितहरुको प्रतिनिधित्व गर्ने कार्यदिशा अनुरुप पार्टीका क्रियाकलापहरु अटुट रुपले संचालित होउन भन्ने कुरा निश्चित गर्न र पार्टीको आधारभूत सर्वहारावर्गीय चरित्र सुरक्षित राख्ने अनिवार्य श्रर्त हो । यी उदेश्यलाई केन्द्रमा राखेर अन्तर-पार्टी सं’घर्ष संचालित हुनुपर्नेमा सो नभई दुश्मनकै योजनामा पार्टीलाई गम्भीर धक्का दिने दक्षिणपन्थी र वामपन्थी आ’क्रमण एकसाथ भएको छ । पार्टी आन्दोलनमा दक्षिणपन्थी वा वामपन्थी अवसरवाद वि’रुद्धको सं’घर्षलाई सामान्य रुपमा लिदा सर्वहारा वर्गलाई ठूलो बेफाइदा हुने कुरा राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाक्रमले पुष्टि गरेको छ ।
पार्टीबाट बहिर्गमित साथीहरूले सिद्धान्त भनेको के हो, कुन समस्यामा सिद्धान्त मुछिएका छन र पार्टीको रणनीतिक र कार्यनीतिक कार्यदिशा के के हुन भन्ने कुरा बुझेनन् । न त उनीहरूले सिद्धान्तहरु रणनैतिक योजनाहरु र कार्यनीतिक कार्यदिशाहरुमा देखा परेका मतभेदका बुदाहरुलाई पक्रेर अन्तरसंघर्ष चलाउन नै जाने । केवल उनीहरूको सैद्धान्तिक स्तर अत्यन्तै तल थियोे र राजनीतिक र संगठनात्मक अनुभव पनि सीमित थियोे । उनीहरुले महत्त्वपूर्ण मामिलाहरु पक्डन नसकी गैरराजनीतिक मुद्दामा आल्झदै पलायनता र विसर्जनको बाटो रोजे ।
अन्तर-पार्टी सं’घर्षभित्र देखिने यस्ता गलत तत्वहरुले जनवाद र केन्द्रीयताको अन्तरवस्तु समेत बुझ्न सकेनन् र पार्टीको स्थापित मूल्य मान्यता समेत कुल्चदै गैरसैद्धान्तिक लान्छना लगाउनु वैचारिक विचलनको पराकाष्ठा भन्न सकिन्छ । क्रान्तिकारीले अन्तर-पार्टी सं’घर्षलाई विचार र विधिको आधारमा हल गर्न सकिने कुरामा विस्वास गर्दछन् र जस्तोसुकै कठिन र अफ्ठ्यारो परिस्थितिमा पनि पार्टी एकता र सर्वहारावर्गीय दायित्वलाई कदापि भुल्दैनन् ।



