Logo

‘प्याट्रिइट पार्टी’ खोल्दै डोनाल्ड ट्रम्प


आजदेखि अमेरिकी राष्ट्रपतिको कार्यकाल सकिन लागेका डोनाल्ड ट्रम्पले नयाँ पार्टी खोल्नेबारे छलफल थालेका छन्। अमेरिकी समाचार पत्र द वाल स्ट्रिट जर्नलले स्रोतहरूलाई उद्धृत गर्दै ह्वाइट हाउस छोडेपछि पनि आफ्नो प्रभाव कायम राख्न ट्रम्पले नयाँ पार्टी खोल्ने योजना बनाएको समाचार प्रकाशन गरेको छ। गत साता ट्रम्पले आफ्ना सहयोगी र निकटहरूसँग यसबारे कुरा गरेको समाचारमा उल्लेख छ। ट्रम्पले नयाँ पार्टीको नाम ‘प्याट्रिइट पार्टी’ राख्न चाहेको बताइएको छ।

पछिल्ला दिनहरूमा रिपब्लिकन पार्टीका कैयौं नेताहरूसँग ट्रम्पको वै’मनस्यता भएको छ। उपल्लो सदन सिनेटका बहुमतका नेता मिच म्याककोनेल पनि जनवरी ६ मा संसद भवनमा भएको हिं’साको दो’ष ट्रम्पलाई जाने बताएका थिए। यद्दपी सर्वेक्षणहरूले अहिले पनि रिपब्लिकन मतदाताहरूमा ट्रम्पको प्रभाव बलियो भएको देखाउँछन्। ट्रम्पसँग त्यस्तो जनमत पनि छ जो सन् २०१६ को उनको चुनावी अभियानअघि रिपब्लिकन मतदाता थिएनन्।

नयाँ पार्टी खोल्न लागेकोबारे ट्रम्पको सचिवालयले भने प्रतिक्रिया दिन अ’स्वीकार गरेको छ। नयाँ पार्टी खोल्ने विषयमा ट्रम्प कत्तिको ग’म्भीर छन् भन्ने कुरा स्पष्ट भइसकेको छैन। किनभने नयाँ पार्टी बनाउने धेरै समय र ठूलो लगानी चाहिन्छ।

अमेरिकामा अहिलेसम्म दुइटा पार्टीले नै महत्वपूर्ण भूमिका खेलिरहेका छन्। राष्ट्रिय चुनावमा तेस्रो दलले अहिलेसम्म कुनै उल्लेख हस्तक्षेप गर्न सकेका छैनन्। ट्रम्पले नयाँ पार्टी खोल्ने अभियान थालेछन् भने पनि सबैभन्दा पहिला रिपब्लिकनकै नेताहरूले त्यसमा अ’वरोध पुर्‍याउने अनुमान गरिएको छ।

यसैबीच अफिसको अन्तिम पूर्ण दिनको अन्त्यमा ट्रम्पले जारी गरेको रेकर्डेड भिडिओ सन्देशमा उनले आफू जे काम गर्न आएको थिएँ त्यो काम गरेको बताएका छन्।ट्रम्पले स्थानीय समयअनुसार बुधबार बिहान ८ बजे ह्वाइटहाउस छोड्ने बताइएको छ।

‘हामी जे गर्नका लागि यहाँ आएका थियौं, त्यो गर्‍यौं र अरू धेरै पनि गर्‍यौं,’ ट्रम्पले भने। सन्देशमा उनले नयाँ राष्ट्रपति आउन लागेको बताए तर जो बाइडेनको नाम लिएनन्। सुरूदेखि नै चुनावमा धाँ’धली भएको दाबी गर्दै आएका ट्रम्पले अहिलेसम्म बाइडेन राष्ट्रपति निर्वाचित भनेका छैनन्।

‘यही साता नयाँ राष्ट्रपतिको सपथ हुँदैछ। हामी अमेरिकी जनतालाई सुरक्षित र समृद्ध राख्न नयाँ प्रशासनलाई सफलता मिलोस् भन्ने कामना गर्छौं,’उनले भने,’उनीहरूलाई हाम्रो शुभेच्छा छ र उनीहरूलाई भाग्यले साथ देओस् भन्ने चाहन्छौं।’ट्रम्पले आफ्नो परिवार, उपराष्ट्रपति माइक पेन्सको परिवार र अन्य कर्मचारीहरूलाई धन्यवाद ज्ञापन गरे।

‘सबैभन्दा धेरै म अमेरिकी जनतालाई धन्यवाद दिन चाहन्छु,’ उनले भने,’तपाईंहरूको राष्ट्रपतिका रूपमा काम गर्न पाउनु शब्दमा व्याख्या गर्न नसकिने सम्मान हो।’ सन्देशमा ट्रम्पले जनवरी ६ मा संसद भवनमा भएको हिं’साबारे पनि उल्लेख गरेका छन्। उनले हिं’सा कुनै पनि अर्थ स्वीकार्न नसकिने बताए।

बाइडेनको जित प्रमाणिकरण गर्न सदनको संयुक्त बैठक बसिरहेका बेला ६ जनाको ज्यान जाने गरी भएको उक्त हिंसा भड्काउन ट्रम्पले उकासेको आरोप छ। ट्म्पले आफ्नो कार्यकालमा लिएका नीतिहरूको पनि बचाउ गरे। पछिल्ला दशकहरूमा कुनै नयाँ यु’द्ध सुरू नगर्ने राष्ट्रपति बनेकोमा आफूलाई गर्व भएको उनले बताए।

‘मैले सजिलो बाटो रोजिनँ,  अहिलेसम्मको यात्रा निकै कठिन थियो,’ उनले भने। आफ्ना उत्तराधिकारीको सपथ समारोहमा भाग लिने परम्परा तोड्दै ट्रम्प ह्वाइट हाउसबाट बाहिरिने भएका छन्।

‘बुधबारको मध्यान्हमा नयाँ प्रशासनलाई सत्ता हस्तान्तरणको तयारी गरिरहँदा म तपाईंहरूलाई भन्न चाहन्छु-हामीले थालेको अभियान भर्खर सुरू भएको छ। यसभन्दा पहिला कहिल्यै यस्तो भएको थिएन,’ उनले भने।

लोकप्रिय नारा दिएर चार वर्षअघि ह्वाइट हाउस छिरेका ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाअ’भियोग प्रस्ताव भोग्ने पहिलो राष्ट्रपति हुन्। उनीविरू’द्धको दोस्रो महाअभि’योग माथिल्लो सदन सिनेटबाट पनि पारित भए उनी सन् २०२४ मा हुने राष्ट्रपतीय चुनावमा उम्मेदवार हुन पाउने छैनन्।

एजेन्सी,वासिङ्टन

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्