Logo

मुख्यमन्त्री शेरधन राईविरू’द्ध अ’विश्वास प्रस्ताव दर्ता भएका प्रदेश १ मा प्रदेश सभा बैठक बस्दै


अविश्वास प्रस्ताव दर्ता भएका बागमती र प्रदेश नम्बर १ मा आज प्रदेश सभा बैठक बस्न लागेको छ। प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि बस्न लागेको हो। प्रदेश नम्बर १ को बैठक दिउँसो २ बजे बोलाइएको छ। यस्तै बागमती प्रदेशमा आज अपरान्ह ३ बजे बैठक बस्नेछ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वास प्रस्ताव यसअघि नै दर्ता भइसकेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पुस ५ मा विघटन गरेपछि नेकपा दुई भागमा विभाजित छ। यसको असर प्रदेशहरूमा पनि देखिएको छ।

नेकपाको प्रचण्ड-नेपाल पक्षले बागमती र प्रदेश नम्बर १ मा मुख्यमन्त्रीहरू विरूद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन्। यी दुबै प्रदेशमा नेपाली कांग्रेस निर्णायक छ। तर कांग्रेसले अहिलेसम्म कुन पक्षलाई सघाउने निर्णय गरेको छैन। दुबै मुख्यमन्त्रीले अविश्वास प्रस्ताव सामना गर्न आफू तयार रहेको बताइरहेका छन्।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्