Logo

आफूहरुले जे गर्ने भनेर आएको त्योभन्दा धेरै कुरा गरेरजाँदै छौं : ट्रम्प


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्‌वाइट हाउसबाट बिदा हुनुअगाडिको अन्तिम सम्बोधनमा आफूहरुले जे गर्ने भनेर आएको त्योभन्दा धेरै कुरा गरेर जान लागेको बताएका छन् । युट्युबमा पोस्ट भएको भिडियोमा उनले अत्यन्तै क’ठिन ल’डाइँहरु ल’डेको र धेरै अ’फ्ठ्यारा चुनौतीहरुको सामना गरेको तर यसैका लागि सबैले उनलाई निर्वाचित गरेको बताएका हुन् ।

यति भनिरहँदा पनि उनले गत नोभेम्बरमा भएको चुनावको परिणाम भने अझै पूर्ण रुपमा स्वीकार गरेका छैनन् । बुधबार बाइडेनले अमेरिकी राष्ट्रपतिको पद ग्रहण गर्दै छन् । यसरी ट्रम्प कार्यकालका अन्तिम दुई साता संसद् भवनमाथि भएको आ’क्रमणका विषयमा केन्द्रित रह्‍यो ।

भिडियोमा ट्रम्पले यसबारे पनि बोलेका हुन्, “राजनीतिक हिं’सा भनेको अमेरिकीहरुले प्रेम गर्ने सबै थोकमाथिको आ’क्रमण हो र त्यस्तो कहिल्यै सह्‍य हुनेछैन ।” यता ट्रम्पमाथि जारी गरिएको म’हाअभियोगसम्बन्धी आगामी बुधबार नै उनले सिनेटहरुका सामु ट्रायलको सामना गर्नुपर्ने हुन्छ ।

दुईपटक महाअभियोग लाग्ने उनी अमेरिकी इतिहासकै पहिलो राष्ट्रपति हुन् । यसरी पछिल्ला दिनका राजनीतिक घ’टनाहरुले अमेरिकामा बढ्दो कोरोना सं’क्रमण र मृ’त्युदरलाई पनि छायामा पारेको थियो ।

तर ट्रम्पले यसबारे केही उल्लेख गरेनन् र आफ्नो प्रशासनले विश्व इतिहासमै ठूलो अर्थतन्त्र निर्माण गरेको दाबी गरेका हुन् । ट्रम्पले भनेका छन्, “हाम्रो एजेन्डा, लेफ्ट या राइट, रिपब्लिकन या डेमोक्रेट भन्ने थिएन, देशका लागि के राम्रो भन्ने मात्र थियो पूरै देशको हितमा मात्र थियो ।

” कार्यालय छाड्दै गर्दा ट्रम्पको लोकप्रियता ३४ प्रतिशत रहेको छ जुन बिदा हुने राष्ट्रपतिहरुमा अहिलेसम्मकै कमको रेकर्ड भएको बताइएको छ ।

बीबीसी

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्