Logo

कोरोनाको खोप आइसके पछी आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्ने


नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान र पर्वतीय प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको ४३ औं सम्पर्क अधिकृत अनुस्थापन तालिम समापन भएको छ । मंगलबार तालिममा सहभागीहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले प्रमाणापत्र हस्तान्तरण गर्नुभएको हो ।

तालिमको ६ दिन सैधान्तिक र एक दिन प्रयोगात्मक कक्षा लिइएको प्रतिष्ठानले जनाएको छ । समापन कार्यक्रममा सचिव कोइरालाले कोरोनाको खोप आइसकेको अवस्थामा पर्वतरोहणको क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै उहाले पर्वतरोहणको क्षेत्रलाई तयारी अवस्थामा राख्नुपर्ने बेला आएको जिकिर गर्नुभयो । आर्थिक बर्ष २०४५–४६ देखि पर्वतारोहण टोलीका साथ खटाइने अधिकृतहरुलाई सम्पर्क अधिकृत अनुस्थापन तालिम दिइने गरिएको छ । हालसम्म करिव ३८ सय भन्दा बढिले तालिम लिइसकेको प्रतिष्ठानले जनाएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्