Logo

प्रधानमन्त्री ओली इतिहासका क’लं’क हुन : प्रचण्ड


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सार्वभौमिक जनाताको विरुद्ध त’रबार उठाएर केपी ओलीले बाजी हारेको तर्क गर्नुभएको छ ।
मंगलबार प्रेस संगठन नेपालको भेलामा प्रचण्डले संविधानमा हुँदै नभएको व्यवस्थालाई टेकेर संसद बिघटन गर्नु जनादेशका बिपरित भएको भन्दै सार्वभौमिक जनाताको विरुद्ध त’रबार उठाएर ओलीले बाजी हारेको तर्क गर्नुभएको हो ।

अध्यक्ष प्रचण्डले माधव नेपालका पक्षमा रहेका कार्यकर्तालाई हेपेर प्रधानमन्त्री केपी शर्मा ओलीले ‘ब्ल’न्डर’ गरेको बताउनुभयो । ओली इतिहासका क’लंक भएको भन्दै प्रचण्डले आफ्नै कर्मका कारण ओली ‘कू’ पात्र बनेको जिकिर गर्नुभयो । संसद भंग गरेर ओलीले देशलाई संविधानविहीनता र ता’नाशाहीको भूमरीमा लैजान खोजेको प्रचण्डले बताउनुभयो ।

प्रचण्डले प्रतिनिधिसभा विघटन राजतन्त्र पुनःस्थापना गर्ने प्रक्रियाको सुरुवात भएको पनि बताउनुभयो । उहाले आफैंले प्रस्ताव गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा निहित सार्वभौमसत्तामाथि आ’क्रमण गरेकाले आफूमा आ’वेग, घृ’णा र आ’क्रोश रहेपनि अधैर्य नभएको जिकिर गर्नुभयो । उहाले विधि पद्धतिबाट प्रतिगमन सच्याउन चाहेको उल्लेख गर्नुभयो ।

त्यस्तै नेकपा प्रचण्ड–नेपालपक्षका अध्यक्ष माधव कुमार नेपालले सत्य र न्यायको पक्षमा आफूहरु रहेको बताउनुभयो । संघीयता नै सं’कटमा पुगेको अवस्थामा सही र ग’लत छुट्याउनुपर्नेमा उहाले जोड दिनुभयो । नेपालले असली एमाले आफू भएको दाबी गर्दै एमाले र माओवादी कोही नरहेको समेत प्रष्ट पार्नुभयो ।

अध्यक्ष नेपालले अहिलेको आ’न्दोलनले सुन्दर समाजको परिकल्पना गरेको भन्दै यसमा पत्रकारको सकारात्मक भूमिका आवश्यक भएको बताउनुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले ओली गणतन्त्र र संघीयता वि’रोधी भएको धारणा राख्नुभयो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्